तिलगंगा अस्पतालमा मात्रै यो वर्ष १ सय ६० जनाको उपचार ।

जेष्ठ १, २०७६

शरीरका अन्य भागमा जस्तै आँखामा पनि क्यान्सर रोगको जोखिम उत्तिकै छ, त्यो पनि भर्खरै जन्मेको शिशुदेखि वृद्धअवस्थासम्मै । काठमाडौंको तिलगंगा अस्पतालमा यो वर्ष मात्र आँखाको क्यान्सर भएका १ सय ६० जनाले उपचार गराएका छन्।  आँखाको नानीमा सेतो ज्योति देखिनु, नानी बाहिर निक्लनु, आँखा अश्वाभाविकरुपमा रातो हुनु यस रोगका लक्षण हुन् । 

आँखाको क्यान्सरको उपचारका लागि नेपालमा सीमित अस्पताल छन् । उपत्यका बाहिर बिराटनगर र भैरहवामा सामान्य उपचार हुने भए पनि जटिल उपचारका लागि काठमाडौं नै आउनुपर्छ । त्यसैले धेरैले रोगबारे थाहा नै पाउँदैनन् । समयमै पत्ता लागे आँखाको क्यान्सर निको पार्न सहज हुन्छ । तर १५ प्रतिशत विरामी मात्र समयमा आउँछन् । ८५ प्रतिशत जटिल भएपछि मात्र अस्पताल आउने भएकाले उपचारमा समस्या हुने चिकित्सकको भनाइ छ । 

क्यान्सर लागेपछि त्यसको उपचार निकै जटिल हुन्छ । त्यसैले लक्षण देखिनासाथ उपचार गराउनुपर्छ । अन्यथा आँखाको क्यान्सर शरीरका अन्य भागमा फैलिने जोखिम हुन्छ ।