टेलिकम क्षेत्रमा ३२ प्रतिशत राजस्व बढाउने सरकारी लक्ष्यमा धक्का

जेष्ठ १, २०७६

फेसबुक, हृवाट्स एप, इमो, भाइबर लगायत सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसागै टेलिकम र एनसेलको भ्वाइस सेवा प्रयोग गर्नेहरु घटेका छन् । पछिल्लो समय टेलिकम र एनसेल दुवैको भ्वाइस सेवाको आम्दानी नै घटेको छ । टेलिकमको भ्वाइस सेवाको आम्दानीमा झण्डै एक अर्ब रुपैयााले कमी आएको छ । आम्दानी घट्दा त्यसको असर नाफामा मात्र होइन, सरकारी राजस्वमा समेत परेको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनीले  यो आर्थिक वर्षको चैत मसान्तसम्म सरकारलाई ५ अर्ब ३५ करोड रुपैयाा भ्याट बुझाएका छन् । यो रकम गत वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशत कम हो ।आम्दानीसागै आयकर लगायत अन्य राजस्वमा समेत असर परेकाले गत वर्षभन्दा टेलिकम क्षेत्रबाट ३२ प्रतिशतराजस्व बढाउने सरकारी लक्ष्यमा समेत धक्का लागेको छ ।

टेलिकम कम्पनीले गत आर्थिक वर्ष ९३ अर्ब २८ करोड रुपैयाा आम्दानी गरेकामा यसवर्ष आम्दानी १८ प्रतिशतले  घटेर ७६ अर्ब ७४ करोडमा सीमित हुने अनुमान गरेका छन् । इन्टरनेटमार्फत कुरा गर्न सहज भएको र प्रतिस्पर्धी बजारका कारण विभिन्न प्याकेज योजना ल्याई शुल्क घटाएकाले पनि आम्दानी घटेको टेलिकमको भनाइ छ । 

त्यसो त अहिले अन्तर्राष्ट्रियस्तरमै टेलिकम सेवा प्रदायक कम्पनीको व्यापार घटेको छ ।यो अवस्थामा सरकारले राजस्वको लक्ष्य धेरै लिनेभन्दा पनि टेलिकम कम्पनीलाई व्यापार बढाउने कार्यक्रम ल्याउनतिर प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।