हिमाली क्षेत्रमा चौँरी गोठ रित्तिन थाले

वैशाख ३, २०७६

कुनै बेला इवानाँगी र तावानाँगी नामले चिनिने ताप्लेजुङ र पााचथरका हिमाली क्षेत्रमा अहिले बढीजसो रित्ता गोठ मात्रै भेटिन्छन् । डेढ दशक अघिसम्म यस क्षेत्रमा दुई सय गोठ र चार हजार चौरी थिए । तर, अहिले ३४ वटा गोठ र मुस्किलले पााच सय चौरी मात्रै बचेका छन् । हिमाली क्षेत्रको बिशेषताका रुपमा रहेको चौरीपालन चरन क्षेत्रको अभावले सााघुरिदै गएको हो । माथिल्लो क्षेत्रमा पूर्वाधार नपुग्दा किसानले थातथलो छोड्दै गएका छन् । जसका कारण चौरीपालनमा संलग्न किसान नै कम भएका हुन् । ताप्लेजुङ र इलामका उच्च पहाडी क्षेत्रमा पनि चौरीपालक किसानको समस्या उस्तै छ । समय-समय हुने महामारी, सरकारी सहुलियत र अनुदान अभावले हिमाली तथा उच्च पहाडी क्षेत्रका किसानले चौरीपालनबाट विस्थापित हुनु परेको छ । लोप हुादै गइरहेको यही चौरीपालन व्यवसायप्रति आकर्षण बढाउन र बजार प्रवर्द्धनका लागि पााचथरको फालेलुङ गााउपालिकाले चारराठेमा महोत्सव नै आयोजना गरिएको छ । नयाा वर्षको दिनदेखि तीनदिन चल्ने महोत्सवमा याक, चौरी र उडांग, सहित विभिन्न प्रजातीका गरी तीन सय चौरी राखिएका छन् भने ताप्लेजुङ, पााचथर र इलामका किसानले चौरीजन्य उत्पादन प्रदर्शन गरिरहेका छन् । महोत्सवको औपचारिकताले मात्रै चौरीपालन प्रवर्द्धन हुने देखिदैन । चरिचरणका लागि संरक्षित क्षेत्र निर्माण तथा किसानलाई चौरीपालनमा टिकाइ राख्ने योजनातिर पनि सोच्ने की ?