राष्ट्रिय गरिमाका पदक : फितलो मूल्यांकन

वैशाख ३, २०७६

राष्ट्रपति कार्यालयले आइतबार ३ सय ४३ जनालाई विभिन्न मान पदवी तथा विभूषण प्रदान गर्यो । त्यीमध्येका एक हुन्, धादिङका राम थापा क्षत्री । एमबीबीएस उत्तीर्ण थापाले नेपाल मेडिकल काउन्सिलको परीक्षा भने पासै गरेका छैनन् । यही कारण उनी  चिकित्सकका रूपमा अभ्यास गर्न पाउँदैनन् । तर उनलाई २०७२ सालको भूकम्पका बेला १० दिन बिरामी उपचारमा योगदान पुर्याएका चिकित्सक भनेर प्रबल जनसेवा श्री चतुर्थ श्रेणीको पदवी प्रदान गरिएको छ । 

१० दिन स्वयंसेवा गरेको स्वयंको दावीकै भरमा पदक बाँड्दै जाने हो भने यस्तो संख्या हजारौं हुनेछ । थापा त एक प्रतिनिधि पात्र मात्र हुन् । राष्ट्रिय गरिमाका पदक र मानपदवी  वितरणको प्रणाली कुन हदसम्म फितलो छ भन्ने यही उदारणले छर्लंग पारेको छ ।