सशस्त्र प्रहरीलाई १९ सय जवान भर्ना गर्नै मुस्किल !

वैशाख ३, २०७६

  बेरोजगारीको समस्या बेहोरिरहेको मुलुकमा एउटा सुरक्षा संगठनको सामान्य जवान पदको समेत पदपूर्ति हुन नसक्ने अवस्था किन आयो त ? दुर्गम क्षेत्रका युवाले पनि सहज आवेदन दिन सहज होस् भनेर हरेक जिल्लास्थित सशस्त्रका कार्यालयबाट आवेदन दिने व्यवस्था गरेको थियो । तर परीक्षा प्रणाली भने ती सबैलाइ समेट्ने खालको थिएन । त्यसकारण यसको शैली नै परिमार्जन गर्नुपर्ने बुझाइमा लोकसेवा आयोग पुगेको छ । परीक्षामा निष्पक्षता कायम गर्न र अनियमितता रोक्न जवानको भर्ना समेत लोकसेवाले लिने व्यवस्था गरेको हो । तर पर्याप्त जनशक्ति नै आउन नसक्ने परीक्षा प्रणालीमा भने पुनर्विचार गर्नु जरूरी छ ।