एक नम्बर प्रदेशको नाम र राजधानी तोक्ने भाका फेरिदै

वैशाख २, २०७६

गएको चैत दुई गते सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउा पालिकाले आयोजना गरेको सामुदायिक अस्पतालको शिलान्यास कार्यक्रममा मूख्यमन्त्री शेरधन राईले चैत मसान्त भित्र प्रदेशको नाम र स्थायी राजधानी टुङ्ग्याउने बताएका थिए । तर मूख्यमन्त्री राईले बोलेको कुरा यो पटक पनि पुरा गर्न सकेनन् । पटक पटक भाका राख्ने तर भाका पुरा गर्नु नपर्ने बानीपरेका राईले वैशाखको दोस्रो साता प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लगाउने भनेर फेरि भाका फेरेका हुन् । 

एक नम्बर प्रदेशमा नेकपाकै दुईतिहाइ बहूमत छ, तै पनि राजधानीको नाम र स्थानको टुंगोलगाउन अझै सकेको छैन । कानुनी रूपमा प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो प्रदेश सभाले लगाउने हो । सरकारले प्रदेशसभामा यस विषयलाई प्रवेश गराएकै छैन । मूख्यमन्त्री र मन्त्रीहरूले यही प्रावधानलाई देखाएर आफ्नो कमजोरी लुकाउने गरेका छन् । तत्काल जनतालाई खुसी पार्न, नेतृत्वले गर्न नसक्ने आश्वासन बााडेर क्षणिक प्रचारमा रमेको प्रदेश एकको सरकारलाई यसपटक भने फेरि अर्को भाका फेर्न त्यत्ति सजिलो नहोला । यस्ता फेरिएका भाकाले  समाजमा नेताले बोलेको कुरा पुरा हुादैन भन्ने तथ्य स्थापित होला भन्ने चिन्ता प्रदेश सरकारलाई पनि पक्कै पर्नुपर्ने हो । आफुले गर्न सक्ने काम र त्यसलाई लाग्ने समय आाकलन गरेर मात्र बोल्ने गरे, नागरिकमा  नेताको बोलीको विश्वास गर्ने आधार बन्थ्यो कि ?