देशैभर नयाँ बर्षको उत्साह र उमंग

वैशाख २, २०७६

पोखरामा केही वर्षयता नयाा वर्षमा पर्यटक तान्ने होड नै चलेको छ । आन्तरिक पर्यटक भित्र्याउन नयाा वर्षलाई लक्षित गरी व्यवसायीले छुटसहितका आकर्षक प्याकेज दिएका छन् । व्यवसायीले घुमघाम, शैक्षिक भ्रमण, मधुमास र साहसिक लगायतका प्याकेज बनाएर ३० प्रतिशतसम्म छुट दिएका छन् । 

पोखरामा तारे र पर्यटकीय स्तरका पााचसयभन्दा बढी होटल र उत्तिकै हाराहारीमा रेष्टुरेन्ट छन् । तिनमा दैनिक २२ हजार पाहुनालाई सेवा दिने क्षमता रहेको ब्यवसायी बताउछन् । 

उता, चितवनको सौराहामा पनि यतिबेला आन्तरिक पर्यटक बढेका छन् । नयाा वर्ष मनाउन अरु वर्षभन्दा धेरै पर्यटक सौराहा पूगेका छन् । शनिबार राती मात्रै सौराहामा दश हजार आन्तरिक पर्यटक पुगेका छन् । होटेल भरिभराउ भएर तीन हजार पर्यटक भरतपुर फर्केको क्षेत्रीय होटल संघ चितवन सौराहाले जनाएको छ । जंगल सफारीका लागि प्रसिद्ध सौराहामा साना तथा ठूला गरी एक सय १० वटा होटेल र ५८ वटा रेष्टुरेन्ट छन् । जसमा सात हजार पाहुना अट्छन् । 

केहीवर्षअघिसम्म अंग्रेजी नयाा वर्ष मनाउन बिदेशी पर्यटक मात्र देखिने पोखरा र सौराहामा नेपाली नयाा वर्षमा आन्तरिक पर्यटक बढेका छन् । यसले पर्यटकीय पूर्वाधारको विस्तारपछि आर्कषक प्याकेज दिन सके आन्तरिक पर्यटन विकासको सम्भावनालाई देखाउछ ।