Kantipur Samachar | कान्तिपुर समाचार, ०५ चैत २०७५

चैत्र ५, २०७५

आजको मुख्य समाचार :

* दर्ता भएका जरुरी प्रस्तावप्रति संघीय संसद र सरकारमा गम्भीरताको अभाव / २० वटा महत्वपूर्ण प्रस्तावमध्ये ३ वटा मात्रै छलफलमा ।  

* विज्ञ समितिका सुझाव र सर्वेक्षण प्रतिवेदनविपरीत परराष्ट्र मन्त्रालयमा पनि दुई सचिव राख्ने तयारी / विशिष्ट श्रेणीको जनशक्ति नआवश्यक थुपार्दा प्रशासनिक संरचना झन् बोझिलो  

* लगानी सम्मेलन फलदायी बनाउन चार ऐन संशोधन र ६३ आयोजना प्रस्तुत गर्ने तयारी / राजनीतिक स्थायित्वका कारण पनि यसपटक लगानीकर्ता ढुक्क हुने सरकारको अपेक्षा ।

* निर्मला बलात्कार र हत्याको प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख विष्ट अदालतमा उपस्थित / बयान नसकिएपछि न्यायिक हिरासतमा ।

* साफ महिला च्याम्पियनसिपको सेमीफाइनलमा भोलि नेपाल श्रीलङ्कासँग भिड्ने / अपराजित यात्रा कायमै राख्ने लक्ष्य ।