नेकपाका अध्यक्ष दाहालले रहर गरेर क्रान्ति नहुने भन्दै नयाँ बाटो खोज्न चन्दलाई सुझाव

चैत्र १, २०७५

वाइसीएलले  नेकपाको कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रममा दाहालले हत्याका लागि चन्दले निर्णय नै गरेर टिम परिचालन गरेको जानकारी आफूले सरकारबाट पाएको बताए । दाहाल र चन्द सात वर्ष पहिलेसम्म एउटै पार्टीमा थिए । आफ्नो कार्यालय सचिवका रुपमा काम गरेका चन्दले हत्या गर्नुपर्ने व्यक्तिको सूचिमा पहिलो नम्बरमा राखेको जानकारी पाउँदा आफूलाई उनीप्रति दया लागेको दाहालको भनाइ छ । 

दाहालले रहर गरेर क्रान्ति नहुने भन्दै नयाँ बाटो खोज्न चन्दलाई सुझाव दिए ।