तोकिएको समयसीमाभित्र हतियार नबुझाए कारबाहीमा उत्रने

चैत्र १, २०७५

अनुमति नलिइ राखिएका हतियार तथा नविकरण नगरिएका हतियार ३५ दिनभित्र सम्बन्धित जिल्ला प्रहरी कार्यालय र सेनाको कार्यलयमा बुझाउन सरकारले सूचना जारी गरेको छ । तोकिएको समयसीमाभित्र हतियार नबुझाए कारबाहीमा उत्रने सरकारको चेतावनी छ । संचारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै चन्द समूहले गरिरहेको ध्वंसात्मक तथा चन्दा असुलीको गतिविधि नियन्त्रणका लागि कानुन बमोजिम कदम चाल्ने बताए  ।

सरकारले आपराधिक तथा हिंसात्मक गतिविधि गरेको भन्दै आइतबार उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।