Kantipur Samachar | कान्तिपुर समाचार, २८ माघ २०७५

माघ २८, २०७५

आजको मुख्य समाचार :

* भ्रष्टाचार नियन्त्रणमा अख्तियारको सकृयता / ६ महिनामा ३ सय ५२ जनाविरूद्ध मुद्दा / उच्च राजनीतिक र प्रशासनिक तहमा हस्तक्षेप भने अझै कमजोर । 

* सार्वजनिक सेवामा अनुशासनहीनता / ३ सय ७६ कार्यालयको अनुगमन गर्दा एघार सय कर्मचारी कारवाहीका भागीदार / स्थानीय तहमा जान सरकारी डाक्टरको अटेरी ।

* वन क्षेत्र प्रयोगमा झन्झटिलो प्रक्रियाले जलविद्युत र प्रसारण लाइनहरुको काम अवरुद्ध / दर्जनभन्दा बढी आयोजना अन्योलमा । 

* थाइल्याण्डको निर्वाचन आयोगद्वारा प्रधानमन्त्री पदका लागि राजाकी दिदीले दिएको उम्मेदवारी अस्वीकृत / राजपरिवारका सदस्य राजनीतिभन्दा माथि रहनुपर्ने भनाइ ।

* डीपीएलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सको विजयी सुरुवात / विश्व टी-२० अलराउण्डर रयाङकिङमा कप्तान पारस खड्का ४० औं स्थानमा उक्लिए ।