प्रदेश दुईको मन्त्रालयका छेउमै फोहरको डंगुर

माघ २८, २०७५

प्रदेश दुईका आठवटै जिल्लालाई स्वच्छ  र सफा गर्ने उदेश्यका साथ मुख्यमन्त्री स्वच्छता अभियान सञ्चालन गरिएको छ । तर, निकै दुषित, प्रदेशका मन्त्रालय परिसरको फोहर व्यबस्थापनमा कसैको ध्यानै छैन । यसले  मुख्यमन्त्री स्वच्छता अभियान बजेट सक्ने मेसो मात्र हो की भन्ने शंका उब्जिएको छ । सर्बसाधारणको हित र स्वच्छ समाज निर्माणका लागि प्रदेश नम्बर २ मा यस वर्षदेखि सुरु गरिएको मुख्यमन्त्री स्वच्छता अभियानमा वाषिर्क बीस करोड रुपैयाँ बिनियोजन गरिएको छ । तर मन्त्रालय परिसरले अभियानलाई नै गिज्याइरहे झै लाग्छ ।