रजतपटमा जे देखियो

माघ २८, २०७५

कान्तिपुर टेलिभिजनवाट प्रशारण हुने चलचित्र सम्बन्धी विशेष कार्यक्रम रजतपटको यसपटकको कार्यक्रममा केहि विषयबस्तुले स्थान पाएको छ । केहि नेपाली चलचित्रको बजार तथा जानकारी सहित अन्य के के सामाग्री प्रशारण भए त ? संक्षिप्त जानकारी ।

१) आजभोली चलचित्र निर्माण गर्नुअघि गितमा विशेष ध्यान दिने गरिएको छ । चलचित्र रुमालै छ चिनोको गितको भिडियो र यसको पोस्टरसहित चलचित्रको वारेमा केहि जानकारी दिइएको छ । यति मात्रै होइन, चलचित्रका अभिनेता सुसान्त कार्कीको संक्षिप्त अन्तरवार्ता समेत समेटियो ।

२) हाँस्य अभिनेता दिपकराज गिरी सामाजिक सन्जालमा निकै सक्रिय हुन्छन् । यसपटक उनको एउटा स्ट्याटस निकै हिट भयो, दर्शक हराएको सुचना । जुन स्ट्याटसलाई आधार मानेर रजतपटमा समाचार बन्यो । उनको स्ट्याटस आउँदा बजारमा तिनवटा चलचित्र प्रदर्शन भैरहेका थिए, रणविर, सयकडा दश र गोपी । यि तिनवटा चलचित्रको मार्केट सुनसान भैरहेका बेला उनको स्ट्याटस आउँदा धेरैले दिपकराजको उक्त स्ट्याटस यि चलचित्रप्रति केन्द्रित थियो भन्न खासै गाह्रो पर्दैनथियो ।

३) चलचित्र समरलभ अहिले देशभरी प्रदर्शन भैरहेको छ । सुविन भट्टराईको चर्चित उपन्यासवाट चलचित्र वनेकाले पनि यो चलचित्रप्रति धेरैको आशा थियो, तर दर्शक खासै नआएपछि के भयो त ? रजतपटमा छोटो टिप्पणी गरिएको छ ।

४) चलचित्र विकासबोर्डकी अध्यक्ष पदवाट निकिता पौडेलले राजिनामा दिइन् । यसले चलचित्र वजारमा तरंग ल्यायो । पहिलो कुरा किन राजिनामा दिइन र अब को आउँछ भन्ने विषय समेटिएको रजतपटमा अव विकासवोर्डको अध्यक्ष को होला ? भन्ने विषवस्तुपनि समेटिएको छ ।

५) सवैलाइ थाहा छ, भुवन केसी र अनमोल बाउ–छोरा हुन । अनमोललाई जसरीपनि स्थापित गर्न उनी निकै लागेका छन् । उनको प्रतिक्षित चलचित्र क्याप्टेनको एक गितको छायांकनमा अनमोलसँग भुवनले पनि कम्मर भाँचेको रिपोर्ट यसपटकको रजतपटमा वज्यो । अचम्मको कुरा त के हो भने, आफुसँग भुवन नृत्य गर्दा अनमोल नर्भस भएछन् ।

६) चर्चित सिनेम्याटोग्राफर हरि हुमागाँई चलचित्र निर्देशन गर्दैछन् । उनको पहिलो चलचित्र सरौतो भ्रखरै छायाँकनमा सुरु गरिएको छ । नेपाली चलचित्रमा एउटा गुनासो के हो भने अव्वल निर्देशकको अभाव खड्कियो । निर्देशकको भिड भएर पनि निर्देशकको तनाव भैरहेको चलचित्र क्षेत्रमा हरि हुमागाँइले प्रवेशले कत्तिको गुनासो पाखा लगाउने हो त्यो भने पछिनै थाहा होला ।

७) प्रर्दशनको तयारीमा रहेको चलचित्र बुलबुल र चलचित्रका केहि पात्रको भनाईसहितको रिपोर्ट पनि यसपटकको रजतपटमा समेटिएको थियो ।