त्रिपालमा छोपिएरै सिंहदरबारको ४ बर्ष बित्यो

माघ २८, २०७५

सिंहदरबारको चर्किएको छानालाई त्रिपालले छोपेर, फलामे पाइपको खट बाँधेर राखेकै २ बर्ष भयो । वास्तुकला संरक्षण र अध्ययनका लागि पनि यो भवन रेक्ट्रोफिटिङ अर्थात् सबलीकरण गरेर जोगाउनुपर्ने पुरात्वविदको जोड छ । कम क्षति भएको उत्तर, दक्षिण र पूर्वतर्फको भागमा धमाधम प्रबलीकरण भइरहँदा जीर्ण बनेको पश्चिम भागमा भने कुनै काम भएको छैन । लामो विवादपछि भत्काउनुको साटो प्रबलीकरण गर्ने निर्णय भए पनि कार्यान्वयन गर्ने सुरसार छैन । 

पुरानो संसद भवन ग्यालरी बैठक भत्काउने वा प्रबलिकरण गर्ने भन्नेमा बेग्लै बहस छ । प्राधिकरणले यसबारे अध्ययन गरे पनि प्रतिवेदन गुपचुप छ । समयमै निर्णय नलिँदा  त्यहाँ रहेका दुर्लभ कलाकृति मासिने खतरा छ । सिंहदरबारको मुख्य मोहडा २०३० सालको आगलागीबाट बचेको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले चुना, सुर्की, मासको दाल लगायतको मिश्रणबाट तयार गर्न लगाएको वज्रबाट लिउन लगाइ विक्रम संवत् १९६९ मा यो भवन निर्माण गरेका थिए ।