बागलुङमा सरकारी कार्यालयद्वारा नै भवनसंहिता उल्लंघन

माघ २७, २०७५

बागलुङमा जिल्ला प्रशासन कार्यालय, धौलागिरी अञ्चल अस्पतालको वी र सी, कर्मचारी आवास भवन, घरेलु तथा साना उद्योग विकास समितिका भवन नक्सा पास नगरी  निर्माण भएका छन् । यसैगरी धौलागिरी बहुमुखी क्याम्पस, विद्यालयका सरकारी भवन नगरपालिकामा नक्सा पास नगरि निमार्ण गरिएका छन् । जिल्लाका अधिकांश सरकारी भवन शहरी विकास तथा भवन कार्यालय बागलुङमार्फत बन्ने गरेपनि नगरपालिकामा राजश्व बुझाएर नक्सा लिएका छैनन् । सरकारी कार्यालयको नेतृत्व दायी भुमिका खेल्ने जिल्ला प्रशासन कार्यालयको भवनसमेत स्थानीय तहबाट नक्सा पास नगरी निमार्ण भएको छ ।  पहिले जे भएपनि अबका दिनमा सरकारी भवन निर्माण गर्दा नगरपालिकाबाट नक्सापास नगरी निर्माण गर्न नदिने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने शहरी विकास तथा भवन कार्यालय बागलुङले जनाएको छ । 

बागलुङ नगरपालिका भित्र व्यक्तिले निर्माण गर्ने घरको नक्सा पास भएपनि सरकारी कार्यालयले अहिलेपनि नियम पालना नगरेको नगरप्रमुखको भनाइ छ । 

सरकारले २०७४ सालमा व्यक्तिगत र सार्वजनिक भवन निर्माण गर्दा नक्सा पास गर्नुपर्ने,तोकिए भन्दा अग्ला घर बनाउन नपाईने र भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरिएको हुनुपर्ने प्रावधान ल्याए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।