Kantipur Samachar | कान्तिपुर समाचार, २८ पौष २०७५

पुस २८, २०७५

आजको मुख्य समाचार :

* गुटगत स्वार्थका कारण नेकपाको समायोजन कार्यदलले म्याद गुज्रिँदा पनि मुख्य विषयमा प्रवेश गर्न सकेन / वैकल्पिक शक्ति बन्न खोजेका पार्टी सुरुआती चरणमै छिन्नभिन्न ।

* भू-उपयोगसम्बन्धी कानुन विचाराधीन रहेकै अवस्थामा जग्गा कित्ताकाट खुकुलो गर्ने भूमिव्यवस्था मन्त्रीको निर्णय विवादित / नापी र मालपोतको भ्रष्टाचार स्थानीय तहमा सर्ने जोखिम ।

* राज्यसंयन्त्रले आँखा चिम्लिँदा अनधिकृत क्रसर उद्योगद्वारा गिटी बालुवाको अनियन्त्रित दोहन / सुनकोशी क्षेत्रको पर्यटन व्यवसाय समेत संकटमा ।

* अमेरिकी संघीय सरकारमा बजेट संकट गहिरिँदै / सीमामा पर्खाल लगाउने योजना पारित नभएको झोकमा खर्च विधेयक प्रमाणिकरण नगर्ने ट्रम्पको अडान कायमै । 

* राष्ट्रिय महिला भलिबलको उपाधिमा विभागीय क्लब एपीएफको कब्जा / न्यू डायमण्ड एकेडेमी पराजित ।