कोटेश्वर-कलंकी ८ लेन सडक चीनले एक महिनाभित्र नेपाल सरकारलाई हस्तान्तरण गर्दै

पुस २८, २०७५

भूकम्प, नाकाबन्दी र बिजुलीका खम्बा   हटाउन भएको ढिलाइले चक्रपथको कल‌ंकी–कोटेश्वर सडकलाई ८ लेनमा स्तरोन्नति गर्न चिनियाँ पक्षलाई पाँच वर्ष लाग्यो ।  चीन सरकारले ५ अर्ब रुपैयाँ अनुदान सहयोगमा २०७० सालबाट निर्माण थालेको यो सडक खण्ड अब भने एक महिनाभित्रै हस्तान्तरण गर्ने तयारी छ । 

चक्रपथको कलंकीदेखि महाराजगञ्जसम्मको खण्ड पनि चीन सरकारले बनाइदिने सहमति भैसकेको छ । सहमति अनुसार करिब सवा आठ किलोमिटर यस खण्डलाई पनि ८ लेनको बनाउने प्रकृया अघि बढिसकेको छ ।