प्रधानसेनापति पूर्णचन्द्र थापा दिल्ली प्रस्थान

पुस २८, २०७५

भारतको स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गर्न प्रधानसेनापति पूर्णचन्द्र थापा दिल्ली प्रस्थान गरेका छन् । भारतको गणतन्त्र दिवसको पूर्वसन्ध्यामा हुन लागेको यस भ्रमणकै अवधिमा नेपालका पूर्व प्रधानसेनापतिहरुलाई समेत भारत बोलाइएको छ ।