Kantipur Samachar | कान्तिपुर समाचार, २७ पौष २०७५

पुस २७, २०७५

Kantipur Samachar | कान्तिपुर समाचार, २७ पौष २०७५

आजको मुख्य समाचार :

* अदालतका भ्रष्टाचारबारे न्यायसँग जोडिएका संस्थाका प्रमुखबीच आरोप-प्रत्यारोप / विगतमा विपक्षमा मतदान गरेको स्मरण गर्न प्रधानन्यायाधीशलाई कानुनमन्त्रीको चेतावनी ।  

* मुलुकमा धनी र गरिबबीच चरम असमानता / १० प्रतिशत धनीसँग ४० प्रतिशत गरिबकोभन्दा २६ गुणा बढी सम्पत्ति / नीति निर्माणमा पनि धनी वर्गकै स्वार्थ हावी ।

* सरकारले औपचारिक कार्यक्रम नगरे पनि पृथ्वी जयन्तीमा उच्च पदस्थ पदाधिकाकरीद्वारा शालिकमा माल्यार्पण / राष्ट्रपति भण्डारी पनि सहभागी ।

* बोनस रकम सामाजिक सुरक्षा कोषमा जम्मा हुने नीतिप्रति औद्योगिक क्षेत्रमा चरम असन्तुष्टि / उद्योगी भन्छन्- यो व्यवस्थाले मजदूरको कार्यक्षमता घट्छ । 

* आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका नाममा तीब्र राजनीतिक चलखेल / प्रतियोगिता भाँड्न राखेप पदाधिकारी नै संलग्न रहेको आरोप ।