किर्ते कागज बनाएर सार्वजनिक सम्पत्ति बेच्ने मन्दिरका महन्थ पक्राउ

मंसिर २१, २०७५

किर्ते कागज बनाएर सार्वजनिक सम्पत्ति बेचेको आरोपमा जनकपुरको एक मन्दिरका महन्थलाई प्रहरीले पक्राउ गरेको छ । महन्थ पक्राउ परेसंगै जनकपुरधाममा सार्वजनिक जग्गा बेच्ने र अबैध बस्ती बसाउने धन्दामा महन्थ र गुठी संस्थानकै कर्मचारीको संलग्नता थप पुष्टि भएको छ ।