सरकारले ४१ हजार कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउने तयारी

मंसिर २१, २०७५

सरकारले प्रदेश र स्थानीय तहमा तीन महिनाभित्र कर्मचारी पठाइसक्ने दाबी गरेको छ । यसअघि सरुवा भएर जान नमानेका कर्मचारी दुई तहसम्मको बढुवाको व्यवस्थाले समायोजन भएर प्रदेश र स्थानीय तहमा जाने सरकारको विश्वास छ । तर समायोजनका लागि ती दुवै तहमा अहिलेसम्म कानुनीरुपमा तहगत व्यवस्था नै गरिएको छैन ।