पटक-पटकका बन्द र विरोधले उच्च शिक्षा प्रताडित

मंसिर २१, २०७५

उच्च शिक्षा अध्ययन र प्राज्ञिक अनुसन्धानमार्फत ज्ञान उत्पादन गर्ने थलो मानिने मुलुकका पाँचवटा विश्वविद्यालयमा यतिखेर ताला झुण्डिएका छन् ।  विश्वविद्यालयले जथाभावी सम्बन्धन दिएको र धमाधम मनलाग्दी किसिमले शिक्षक कर्मचारी नियुक्तिको विरोधमा बिद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । यसको प्रभाव मुलुकको समग्र प्राज्ञिक प्रणालीमा परेको छ ।