अचम्म ! काठमाडौं महानगरले नै सवारी कर तिरेन

मंसिर २०, २०७५

काठमाडौं महानगरपालिकाले अनेकौं शीर्षकमा सेवाग्राहीसँग नियमित रुपमा साढे ३ अर्ब रुपैयाँ कर उठाउँछ । समयमै कर नबुझाए महानगरवासीले जरिवानासमेत तिर्नुपर्छ । तर अचम्म, काठमाडौं महानगर आफैले भने अनिवार्य रुपमा बुझाउनुपर्ने सवारी कर अहिलेसम्म तिरेको छैन् ।  महानगरले दुई सय ५० भन्दा बढी गाडी करै नतिरी चलाइरहेको छ ।