राष्ट्रिय सभाका सांसदहरूद्वारा संघीय सरकारको आलोचना

मंसिर २०, २०७५

राष्ट्रिय सभाका सांसदहरूले विकास आयोजनाहरु केन्द्रले नै ओगटेको, कर्मचारी अभावमा काम गर्न कठिन भइरहेको र कानुन निर्माणमा समेत गम्भीर नभएको भन्दै संघीय सरकारको आलोचना गरेका छन् । संघीय सरकारले भने तल्ला तहका सरकारहरुको क्षमता वृद्धि भइ नसकेकाले एकैचोटि अधिकार नदिइएको तर्क गरेको छ ।