स्थानीय सरकारलाई प्रभावमा राख्ने विवादित संस्था युनिभर्सल पिस फेडेरेसनको प्रयास

मंसिर २०, २०७५

काठमाडौंमा एसिया प्यासिफिक समिट हुनुअघि कोरियाली धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसन (युपीएफ)ले देशैभरका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको संयन्त्र नै गठन गरी परियोजना चलाउन थालेको छ । युपीएफले हालै काठमाडौंमा आयोजना गरेको एसिया प्रशान्त सम्मलेनमा त स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूको अन्तर्राष्ट्रिय संगठन नै गठन गरेको घोषणा गरिएको छ । यसले स्थानीय सरकारहरू एउटा विदेशी धर्मप्रचारक संस्थाबाट प्रभावित हुने जोखिम बढाएको छ ।