जिरेल संग्रहालय जिरी संग्रहालयमा परिणत हुँदै

मंसिर १९, २०७५

सीमान्तकृत जिरेल समुदायको बाक्लो बसोबास रहेको दोलखाको जिरीमा जिरेल समुदायको रहनसहन झल्किने परम्परागत सामग्रीहरुसहितको संग्रहालय बनाउने भनेपनि बीचमै काम रोकियो । सात वर्षदेखि निर्माणाधीन जिरेल संग्रहालयलाई अहिले भने जिरी संग्रहालयमा परिणत गर्नेगरी काम सुरु भएको छ ।