पार्क बनाउने भनिएको तलाउमा लेदो र घाँस मात्रै

मंसिर १९, २०७५

नेपालगन्जमा वाटरपार्क बनाउने योजना सुरु भएको २० वर्ष बित्यो । तर, पार्क बनाउने भनिएको तलाउमा लेदो र घाँस मात्रै छ । शहरको बीचमा पानी पार्क बनाएर पर्यटक लोभ्याउने योजना उपमहानगरले नै उपेक्षा गरेको  देखिन्छ ।