मादलका व्यापारीहरुलाई भ्याइनभ्याइ

कार्तिक २२, २०७५

नेपाली मौलिक बाजा मादलको व्यापार पहिले-पहिले दशैंतिहार जस्ता चाडबाड लागेपछि मात्रै बढी हुन्थ्यो । अरु बेला व्यापारी अन्य व्यवसायमा लाग्थे । तर अहिले मादलको माग चाडपर्व विशेषमा मात्र नभई उपहार र चिनोका रुपमा समेत दिन थालिएपछि मादल बनाउन धादिङका व्यापारीहरुलाई फुर्सद नै छैन ।