अब्बल ठहरिएका र धेरै पदक जितेका अधिकांश खेलाडी विदेशमा

कार्तिक २२, २०७५

राष्टिय अन्तराष्टिय प्रतियोगीताहरुमा अब्बल ठहरिएका र धेरै पदक जितेका अधिकांश खेलाडीहरु अहिले विदेशमा छन् । खेलकुदको क्षेत्रमा सामाजिक र आर्थिक सुरक्षा नहुँदा जीवनयापन सहज बनाउन पदक बिजेता खेलाडीहरु विदेश पलायन भएका हुन् । सरकार र सरोकारवाला निकायले खेलाडीलाई व्यवसायिक व्यवहार गर्न नसक्दा पलायन हुने क्रम रोकिएको छैन ।