लोक सेवा आयोगको कार्यतालिका फेरि प्रभावित

कार्तिक २१, २०७५

असोज अन्तिम साता खोल्नुपर्ने नयाँ कर्मचारी भर्नाको विज्ञापन सरकारकै आग्रहमा दुइ महिना पर सारेको लोक सेवा आयोगको कार्यतालिका फेरि प्रभावित हुने देखिएको छ । कर्मचारी समायोजन सक्न नयाँ कानुन बनेपछि कम्तीमा तीन महिना लाग्ने र त्यसपछि मात्र लोकसेवा आयोगले प्रक्रिया अघि बढाउन सक्ने सरकारको भनाइ छ ।