प्रधानसेनापति पूर्णचन्द्र थापा सेनाबारे छलफल गर्न तयार

आश्विन २६, २०७५

प्रधानसेनापति पूर्णचन्द्र थापा सेनाबारे सार्वजनिक तहबाट उठेका चासो र जिज्ञासाबारे छलफल गर्न तयार देखिएका छन् । सैनिक मुख्यालयमा आज पत्रकारसँगको अन्तर्क्रियामा थापाले सेनाका आर्थिक गतिविधिको पारदर्शिताबारे उठेका प्रश्न पूर्ण रूपमा अस्वीकार पनि गरेनन् । बरू सुधारको प्रतिबद्धता जनाएका छन् । एक रिपोर्ट

जंगी अड्डामा प्रधानसेनापतीले बिरलै अन्तरक्रिया गर्ने परम्परा तोड्दै थापा बिहीबार खुला वातावरणमा पत्रकारका जिज्ञासाको जवाफ दिन तयार भए । सबैतिरबाट प्रश्न उठेरै हुनसक्छ, थापाले सेनालाइ भ्रष्टचारमुक्त गराउन कुनै कसर बाँकी नराख्ने वाचा पनि सुनाए । अपारदर्षिताले संगठनकै शाख गिर्ने भन्दै थापाले सेनाभित्रको भ्रष्टचार नियन्त्रण संभव भएको तर त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए । 

सेनाको बेरुजु बर्सेनि बढ्ने क्रम जारी छ । यद्धपी थापाले बेरुजु बढ्दैमा आत्तिनु नपर्ने तर्क गरे । ठूला खरिद, ठेक्वापट्टा, व्यवसाय लगायत गैरसैनिक अार्थिक गतिविधि बढेकाले अख्तियार दुरूपयोग अनुसन्धान अायोगले सेनाका आर्थिक गतिबिधिको छानविन गर्नुपर्ने अावाज उठिएरहेका बेला सेनाप्रमुखले संसदीय समिति र महालेखा परिक्षक जस्ता स्वायत्त संस्थाले अनुगमन गर्न सक्ने अर्थपूर्ण प्रतिक्रिया दिए ।

त्रिचन्द्र अस्पतालका लागि बनाइएको भवन  ब्यापारिक प्रयोजनमा लगाउनुको प्रस्टीकरणमा महारथी थापाले सेनालाइ आवश्यक पर्ने सेवा सुविधा राज्यले उपलब्ध गराउन नसकेको बताए । सार्वजनिक तहबाट उठेका प्रश्न पूर्णतः अस्वीकार गर्न नसकिने बताएका थापाले प्रतिबद्धताअनुरूप सुधारका कदम कसरी अगाडि बढाउँछन्, त्यो भने प्रतिक्षाको विषय छ ।