प्रदेशसभा-२ को बैठक अनिश्चीतकालका लागि स्थगित

भाद्र २९, २०७५

सरकारले काम नदिएको भन्दै प्रदेशसभा-२ को बैठक अनिश्चीतकालका लागि स्थगित गरिएको छ । उता प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु भने आफ्नो भूमिका र प्राथमिकता ख्यालै नगरी एनजिओको कार्यक्रममा समय कटाइरहेका छन् । जनकपुरबाट अनिल मिश्रको रिपोर्ट -

प्रदेश २ का मुख्यमत्रीदेखि उनको मन्त्रीमण्डलका सबै सदस्य बिहिबार जनकपुरधामको एक कार्यक्रममा देखिए । ग्रामीण पुनर्निर्माण नेपाल नामक गैरसरकारी संस्थाको प्रगति समिक्षा कार्यक्रममा तामझामका साथ मुख्यमन्त्री लालबाबु राउत, ७ जना मन्त्री र ...जना राज्य मन्त्री सहभागि भए । दुुई मन्त्री खाजा खाएर कार्यक्रमबाट बाहिरिएका थिए । मुख्यमन्त्री राउतले आयोजकको खुलेर प्रशंसा गरे ।

आफैले घोषणा गरेका काम र जनसरोकारका विषयमा प्रदेश सरकारको भूमिकाप्रति गुनासो बढ्दै गएको अबस्थामा सिंगो प्रदेश सरकार नै एउटा एनजिओको कार्यक्रममा सहभागि हुनु दुर्भाग्यपुर्ण रहेको बुद्धिजिबी बताउछन् । आफ्नो जिम्मेबारी बिर्सेर एउटा सानो कार्यक्रममा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्म सहभागि भएको भन्दै प्रदेश सरकारकै एक राज्य मन्त्रीले सामाजिक सञ्जालमा बिरोध जनाएका छन् । सिंगो मन्त्रिपरिषद नै लर्को लागेर एउटा एनजीओको कार्यक्रममा जानुले एकातिर सरकार आफ्ना प्राथमिकता र जिम्मेवारीप्रति कति गम्भीर छ भन्ने देखाएको छ भने अर्कोतिर एनजीओको प्रभाव सरकार र राजनीतिमा कुन हदसम्म छ भन्ने समेत स्पष्ट पारेको छ । यसैगरी चल्ने हो भने केन्द्रको अहसयोगले काम गर्न नपाएको गुनासो गर्नुको पनि कुनै अर्थ रहने छैन ।