Kantipur Samachar | कान्तिपुर समाचार, २७ भदौ २०७५

भाद्र २७, २०७५

आजको मुख्य समाचार :

* अधिकार क्षेत्रबारे केन्द्र र प्रदेश सरकारबीच खटपट / प्रदेश परिषद् बैठक अनिश्चित / संघीयता कार्यान्वयनमा केन्द्र उदासिन भएको प्रदेश दुइका मुख्यमन्त्रीको आरोप ।

* निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान निश्प्रभावी / जघन्य अपराधको छानबिनमा सरकारी संयन्त्रकै भूमिका शंकास्पद । 

* नागरिकलाइ आवासको व्यवस्था गर्ने कानुन संसदीय समितिबाट पारित / संविधानले सुनिश्चित गरेको मौलिक हक कार्यान्वयन पक्ष भने चुनौतिपूर्ण ।

* बुढीगण्डकीको मुआब्जा वितरणमा लाग्ने ५८ अर्ब रुपैयाँले चार सय मेगावाटको अर्को जलविद्युत आयोजना बनाउन सकिने / भविश्यमा ठूला आयोजना निर्माण कठिन हुने । 

*  साफ च्याम्पियनसिपको सेमीफाइनलमा नेपालको लज्जास्पद् पराजय / माल्दिभ्स तीन शुन्यले विजयी ।