निर्मला पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ दिलिपसिंह विष्ट रिहा

भाद्र २७, २०७५

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको अभियोगमा पक्राउ परेका दिलिपसिंह विष्टलार्इ प्रहरीले  रिहा गरेको  छ ।

२३ दिन अघि पक्राउ परेका बिष्टको डिएनएको प्रोफाइल नमिलेपछि विष्टलाई सरकारी वकिलको रायअनुसार प्रहरीले  साधारण तारेखमा रिहा गरेको हो । विधि विज्ञान प्रयोगशालाले बिष्टको डीएनए नमिलेको रिपोर्ट पठाएपछि उनी रिहा भएका हुन । कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतका अनुसार सोही घटनाको बिषयमा सोधपुछका लागि १० गतेदेखि हिरासतमा रहेका मृतक निर्मलाकी साथी रोशनी बम र उनकी दिदि अनिता बम पनि  रिहा भएका छन । अनुसन्धानमा उनीहरुको संलग्नता नभेटिएको र थप हिरासतमा राख्ने प्रमाण नभएको भन्दै रिहा गरिएको हो  । अनिताबाट ३० हजार रुपैयाँ धरौटी लिइएको छ ।