त्रिविको दीक्षान्त समारोहमा सहभागी हुन अनलाइन फारम भर्ने व्यवस्था

भाद्र २७, २०७५

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन अब काठमाडौँ नै आएर फारम भर्नुपर्ने व्यवस्थाको अन्त्य भएको छ । दीक्षान्त समारोहमा सहभागी हुन अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरेपछि विद्यार्थीले घन्टाौँ लाइनमा बस्नुपर्ने झन्झट हटेको हो । रिपोर्ट -

त्रिभुवन विश्वविद्यालयका ६१ आंगिक र १ हजार ८४ सम्बन्धनप्राप्त क्याम्पसमा हरेक वर्ष ७५ हजार विद्यार्थीले विभिन्न विषयमा उपाधि हासिल गर्छन् । तर दिक्षान्त समारोहमा सहभागि हुने विद्यार्थी भने मुस्किलले ७ हजारको हाराहारी हुन्छ । अर्थात् १० प्रतिशत विद्यार्थी दीक्षान्तमा भाग लिँदैनन् । दिक्षान्तप्रति विद्यार्थी आकर्षण घट्दै गएपछी  विश्वविद्यालयले प्रक्रिया सरल बनाउन लागेको हो । अब दिक्षान्त समारोहका लागि विद्यार्थीले घरमै बसेर फारम भर्न पाउनेछन् ।

शुल्क तिर्न पनि इ बैंकिङ, इ सेवा वा नजिकको बैंकमा गएर भौचर भर्न सक्ने व्यवस्था गरिएको छ ।  यसले कम खर्च र समयको बचतसँगै समारोहमा धेरै विद्यार्थीको पहुँच सुनिश्चित हुने अपेक्षा छ ।

समाजलाइ नयाँनयाँ ज्ञान र प्रविधि सिकाउने मुलुकको अगुवा शैक्षिक संस्थाले ढिलो गरी भए पनि प्रविधि आत्मसात् गरी प्रक्रियालाइ सरलीकृत गर्न खोजेको छ । यसैगरी त्रिविले शिक्षणदेखि परीक्षा प्रणालीलाइ समेत प्रविधिमैत्री बनाउनु जरूरी छ  ।