धावक कुल बहादुरको कथा

भाद्र २६, २०७५

जब कुनै चिजप्रति असाध्यै लगाव हुन्छ , त्यसलाई प्राप्त गर्न जोकाही व्यक्ति आइपर्ने सवै बाधा अड्चन पन्छाउन तयार हुन्छ । कुलबहादुर शाही एउटा त्यस्तै ब्यक्तिको नाम हो । उनी लामो दुरीका धावक हुन् । देशमा आयोजना हुने विभिन्न म्याराथनमा भाग लिँदै आएका कुल बहादुरको कथा अरु धावकको भन्दा फरक छ । रिपोर्ट -

सोमबार बिहान ३० वर्षीय धावक कुलबहादुर टुंडिखेलमा भेटिए । उनको यो हरेक बिहानको दैनिकी हो । जुम्लामा जन्मिएका कुल बहादुरले सुरुमा ओलम्पियन हरिबहादुर रोकायसँग प्रशिक्षण लिएका थिए । कुल बहादुरले एक दिनमा ६८ किलोमिटरका दरले दुइ सय १८ दिनसम्म दौडिएर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नामसेमत लेखाएका छन् । 

कुलबहादुरले विहानको अभ्यास सक्काए । अब सुरु हुन्छ उनको जिन्दगीको असली कथा । कठिन अभ्यासपछि आराम गर्नुपर्ने हो, प्रशस्त डाइट खानुपर्ने हो । तर झोला भिरेर लागे कामतर्फ । सुरक्षा गार्डका रूपमा उनी रातीको ड्युटी गर्छन् ताकी विहानको अभ्यासमा समस्या नहोस् । सोमबार उनी त्रिपुरेश्वरमा रहेको वल्र्ड ट्रेड सेन्टरको पाँचौ तल्लामा ड्युटीमा खटिएका थिए । उनलाइ आफ्नो कामप्रति उत्तिकै गर्व छ, जति ट्रयाकमा दौडँदा हुन्छ । 

अन्नपूर्ण म्याराथन, कान्तिपुर हाफ म्याराथन, काठमान्डौँ म्याराथन लगायतका धेरै प्रतियोगितामा सहभागी भएका छन् । यीमध्ये उनले प्राप्त गरेको सवैभन्दा ठुलो सफलता भने तेस्रो हुनु हो । उत्कृष्ट १० बाट बाहिर भने प्रायः परेका छैनन् ।

उनलाइ सदैव लाग्छ, एथलेटिक्स संघले उनको प्रतिभा चिनेदेखी देशका लागि केही गर्न सक्छु । ओभर टाइमसमेत गरी मासिक १५ हजार रूपियाँ जेनतेन कमाउने कुल बहादुरलाइ आर्थिक समस्याले पनि दौडनबाट रोकेको छैन । बरू यतिखेर उनी आफ्नै परिचयका लागि संघर्षरत छन् । राष्ट्रिय खेलकुद परिषदबाट एथ्लिट भएको परिचय पत्र प्राप्त गर्न सकेका छैनन् ।