सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपीएल) खेल्ने !

भाद्र २६, २०७५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपीएल) खेल्ने भएका छन । सोमबार राति भएको अक्सनमा सन्दिप नङराहार टोलीले छनोट गरेको हो ।

पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान र सन्दीप लामिछाने रहेका छन् । आयोजकले उनि रहेको क्याटागोरीमा परेका खेलाडीको मुल्य १५ हजार अमेरीकी डलर तोकेको थियो । प्रतियोगिता अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब इमिरेट्सको शारजाह मैदानमा हुनेछ । यसअघि सन्दीपले क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रीइट्सबाट खेलेका थिए । उनले आइपीएलमा दिल्ली डेयरडेभिल्सका लागि पनि खेले । कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी भने ड्राफ्टमा छनोट हुन सकेनन् ।