नगरपालिकाद्वारा कसैलाई काखा र कसैलाई पाखाको व्यवहार

भाद्र २६, २०७५

एसियाली विकास बैंकको ऋण सहयोगमा नेपालगन्जमा भइरहेको सडक फराकिलो बनाउने काममा उपमहानगरपालिकाले नै बिभेद गरेको छ । पहुँचवाला र आफू निकटका ब्यक्तिका घर जोगाउने र अरु मात्रै भत्काउन थालिएपछि स्थानीयमा असन्तुष्टि बढेको छ ।

निकै साधुरो र अस्तव्यस्त बजारमा फराकिलो सडक निर्माण होस भन्दै धेरै जसो स्थानीयले आफ्नो घर भत्काएर सहयोग गरे । तर, निर्माण कार्यमा बाधक बनेका पहुाच र पैसाबालाको घर भने नेपालगन्ज उपमहानगरले छुन सकेको छैन । 

सडक निर्माणपछि नेपालगन्ज सुन्दर सहर हुने धेरेले आशा गरेका छन् । व्यवस्थित  बजार निर्माणमा अवरोध पुर्‍याउनेलाई नगरपालिकाले कानूनी दायरामा ल्याउन नसकेको स्थानीयको अरोप छ । 

नगरको मुख्य बजार त्रिवेणीमोडदेखि त्रिभुवनचोक हुँदै अस्पताल सम्मको ६ मिटरको सडकलाई १३ देखि १६ मिटर चौडा बनाउने काम हुादै छ । 

सडक सााधुरो भएकाले व्यापार तथा अन्य काममा समस्या आएपछि व्यवसायीहरुले आफैले घर भत्काएर सडक फराकिलो बनाउने काम सुरु गरेका थिए । सडक फराकिलो बनाउने काम सम्पन्न भए बजार ब्यवस्थित बन्ने त छ नै, ब्यापारिक गतिविधि समेत फस्टाउने अपेक्षा गरिएको छ । तर नगरपालिकाले कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गर्न  मिल्दैन ।