निर्मला पन्तको हत्याकाण्ड: छानबिन समितिका सदस्यद्वारा राजीनामा !

भाद्र २६, २०७५

कञ्चनपुरकी निर्मला पन्तको हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्रबहादुर केसीले राजीनामा दिएका छन् ।

अनुसन्धानको म्याद थप गरिएको प्रति असन्तुष्टि जनाउँदै केसीले राजीनामा दिएका हुन् । मृतक निर्मला र उनको परिवारलाई समितिको सदस्यबाट न्याय दिन असम्भव देखेर आफू समितिबाट बाहिरिएको जानकारी उनले दिए । उनले डिएनए टेष्टको जटिलता र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुनसक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने खतरा भएको भन्दाभन्दै म्याद थप  गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । 

अनुसन्धानमा प्रमाण नष्ट गर्ने र अपराधीलाई बचाउन सक्रिय पक्ष बलियो रहेकाले समितिमा रहँदा वा हट्दा पनि आफु असुरक्षित रहेको बताए । सरकारले गृहमन्त्रालयका सह-सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सस्यीय उच्चस्तरीय छानविन समिति भदौ १० गते गठन गरेको थियो ।