Kantipur Samachar | कान्तिपुर समाचार, २५ भदौ २०७५

भाद्र २५, २०७५

आजको मुख्य समाचार :

* संसदीय अनुमोदनपछि आजै प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त / न्यायालयमा हुने भ्रष्टाचार शुन्यमा झार्ने मिश्रको प्रतिबद्धता । 

* नेकपाको गुटबन्दीको असर प्रदेश सभामा पनि देखियो / आकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा संसदीय समितिहरु नेतृत्वविहिन ।   

* चितवनमा तीन वर्षे बालकको उपचार गर्न नमान्ने अस्पताल र चिकित्सकलाई कारबाही अझै भएन / सत्यतथ्य पत्ता लगाउन स्वास्थ्य मन्त्रालयद्वारा समिति गठन ।

* पेट्रोलियम पदार्थमा मुल्यवृद्धिको विरोधमा विपक्षी दलहरुद्वारा भारत बन्द / भारतमा पेट्रोलियम पदार्थको मुल्य अहिलेसम्मकै उच्च ।

* गिनिज बुकमा नाम लेखाएका  घावक कुलबहादुर शाही आफ्नै पहिचानका लागि संघर्षरत / राष्ट्रिय खेलकुद परिषदले खेलाडी परिचय पत्र समेत दिएन ।