उत्कृष्ठ शिक्षक पुरस्कार थममाया पुनलाई

भाद्र २१, २०७५

पी पी प्रसाई फाउण्डेसनले यस बर्षको राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कारबाट पाउद्वार माध्यमिक विद्यालय म्याग्दीकी शिक्षिका थममाया पुनलाई सम्मान गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पुनलाई पचास हजार रुपैयासहित सम्मान पत्र प्रदान गरे । त्यसअवसरमा फाउण्डेसनले सातवटै प्रदेशका एक एक जना उत्कृष्ठ शिक्षकलाई २५ हजार नगदसहित सम्मान गरेको छ । त्यस्तै 'लाइफटाइम अचिभमेन्ट अवार्ड'बाट पर्यटन व्यवसायी प्रभाकर शमशेर राणालाई पनि फाउण्डेसनले सम्मानित गरेको छ ।