नेपालले सिङ्गापुर विरुद्द सुरुवातमा नै विकेट लिन सफल

भाद्र १७, २०७५

एशिया कप छनोट प्रतियोगितामा नेपालले आज सि‌‌ङ्गापुरसँग खेल्दैछ । जसमा सिङ्गापुरले टस जितेर ब्याटिङ गरिरहेको छ ।

घरेलु टिम मलेसियालाई १९ रनले हराउदै पहिलो जित निकालेको नेपालले सिङ्गापुर विरुद्द सुरुवातमा नै विकेट लिन सफल भयो । सिङ्गापुरले खाता खोल्न नपाउदै नेपालले पहिलो विकेट लियो । सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमा नै विकेट लिए । त्यसपछि सिङ्गापुरको स्कोर १८ रन हुदा नेपालले दोस्रो सफलता हात पार्याो । यसपटक नेपालका लागि ललित राजवङ्शीले विकेट लिए । 

सिङ्गापुरले अहिलेसम्म खेलका तीनै खेलमा हार ब्यहोरेको छ । लगत्तै नेपालले सिङ्गापुरको तेस्रो विकेट लियो । यसपटक पनि सोमपालले नेपालका लागि विकेट लिए ।