पूर्वाधार निर्माण कार्यमा जुटनुपर्ने आयोजक पक्ष बिदेश सयरमै तल्लीन

भाद्र १६, २०७५

आगामी मंसिर २१ देखि २८ गतेसम्म आयोजना गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत  बाँकेको कोहलपुर र दाङको लमहीमा सन्चालन गर्ने  भनिएको पुरुष तथा महिला क्रिकेटका  लागि अझैसम्म उपयुक्त मैदान निर्माण गरिएको छैन । पूर्वाधार  निर्माण कार्यमा जुटनुपर्ने आयोजक पक्ष सस्तो प्रचार र बिदेश सयरमै तल्लीन देखिएको छ ।

राष्ट्रिय खेलकुद परिषदले मंसिर तेस्रो साता देखि  ५ नम्बर प्रदेशको बाँके बर्दिया, दाङ्ग, कपिलवस्तु र रुपन्देहीमा राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनगर्ने भनेको छ । ती मध्ये कोहलपुरमा पुरुष क्रिकेट प्रतियोगिता सन्चालन गर्न आवश्यकपर्ने भौतिक पूर्वाधार निमार्ण अझै भएका छैनन् । यो  क्रिकेट मैदानमा  ६१ लाखको लगानीमा  थालेको  काम अधुरै छ । २५ लाख रुपैयाँमा ग्याबीनजाली भर्ने र माटो पटानगर्ने काम सकिएको भनिए पनि मैदान उपयुक्त छैन ।  

दाङको लमही स्थित यो क्रिकेट मैदान  पनि  गौचरण स्थल   जस्तो देखिन्छ । पैदल हिडन समेत नमिल्ने  यो मैदानमा महिला क्रिकेटरलाई उतार्ने कुरा दिउसै सपना देखे जस्तो हो । 

भौतिक पूर्वाधार निर्माणमा  जुटनुपर्ने आयोजक पक्षनै विदेश सयरमा तल्लीन छ । उनीहरुको भनाइ र गराइमा  कुनै  तालमेल देखिदैन । यस्तो अवस्थामा  क्रिकेटरहरुले आफनो खेल कला कौशलता कसरी प्रदर्शन गर्लान ?  सोचनीय बिषय बनेको छ ।