कर्णाली राजमार्ग ठप्प

भाद्र १२, २०७५

दैलेखदेखि कालिकोटसम्मको एक सय किलोमिटर कर्णाली राजमार्गको दर्जनौं स्थानमा पहिरो जाँदा यातायात सेवा  नै ठप्प छ । 

कर्णालीको कायापलट गर्ने भनेर स्थानीय, प्रदेश र संघीय सरकारमा पुगेका नेताहरुले राजमार्गको स्तरोन्नति र पहिरो नियन्त्रणमा चासो नदिएको स्थानीयको गुनासो छ । 

कालिकोटको यो रती खोलामा जोखिम मोलर यातायातका साधन पार भइहाले पनि कणर्ाली राजमार्गका अन्य स्थान अत्यन्तै जोखिमपूर्ण देखिन्छन् । दिउँसो स्काभेटरले पहिरो पन्छाएर मुस्किलले यातायातका साधन सञ्चालन गर्ने गरिए पनि फेरि कतिबेला कहाँ पहिरो खसेर यात्रा अवरुद्ध हुन्छ, भन्नै सकिन्न । 

कणर्ाली राजमार्गको स्तरोन्नति नगरिादा कणर्ाली क्षेत्रका बासिन्दाले ठूलो सस्ती व्यहोर्नुपरेको छ । संघीय, प्रादेशिक र स्थानीय गरी तीन थरी सरकार हुँदा पनि यो राजमार्गमा यात्रा गर्ने नागरिकले सरकारको महसुस गर्न नपाएको गुनासो गरेका छन् ।