गणेश लामा दोषी ठहर

श्रावण २५, २०७५

विषेश अदालतले श्रोत नखुलेको सम्पत्ति कमाएको अभियोगमा गणेश लामालाई दोषी ठहर गरेको छ।

विशेष अदालतले अबैध सम्पत्ति सम्वन्धी मुद्दामा लामालाई एक वर्ष कैद र एक करोड ४० लाख बिगो जफत गरी त्यति नै रकम जरिवाना हुने फैसला सुनाएको हो। अदालतले उनको परिवारका अन्य सदस्यलाई भने सफाइ दिएको छ । 

सम्पत्ति शुद्दिकरण बिभागले लामासँग २७ करोड एक लाख अबैध सम्पत्ति देखिएको भन्दै २०७० जेठ ५ गते मुद्दा दायर गरेको थियो ।  डन भनेर चिनिएका लामा अहिले हातहतियार तथा खरखजना सम्वन्धी मुद्दामा पुर्पक्षका लागि कारागारमै छन् ।