Kantipur Samachar | कान्तिपुर समाचार, २८ असार २०७५

असार २८, २०७५

आजको मुख्य समाचार :

* रातभरको वर्षाले देशका विभिन्न स्थानमा बाढी र पहिरो / भक्तपुरको अधिकांश शहरी क्षेत्र डुबानमा / पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु ।

* गृह मन्त्रालय पुर्याएर दुर्व्यहार गरिएका डाक्टरद्वारा आफूलाई केरकार गर्दै धम्क्याएको भनाइ / सरकारी निकाय नै एकपछि अर्को समस्या सिर्जनामा उद्यत ।

* सडकका खाल्डाखुल्डी पुर्न वर्षैपिच्छे प्रधानमन्त्रीको निर्देशन / पोहर सालका खाल्डा अहिलेसम्म जस्ताका तस्तै । 

* सेयर बजारमा मौद्रिक नीतिले पनि जगाएन उत्साह / नेप्सेमा दोहोरो अंकको गिरावट ।

*  पहिलोपटक विश्वकपको फाइनलमा पुगेपछि क्रोएसियामा असीमित खुसी / उपाधिका लागि आइतबार फ्रान्ससँग भिड्ने ।