Kantipur Samachar | कान्तिपुर समाचार, २७ असार २०७५

असार २७, २०७५

आजको मुख्य समाचार :

* मौद्रिक नीति सार्वजनिक / बैंकमा रकम अभाव हट्ने र ब्याजदर घट्ने अपेक्षा / विज्ञ भन्छन्-चालु खाता घाटामा हुँदा विस्तारकारी नीति अनुचित ।

* संसदीय सुनुवाइमा पुरानै प्रभावहिन व्यवस्थाको निरन्तरता / संवैधानिक र राजनीतिक नियुक्ति उल्टाउन समितिको दुइ तिहाइ चाहिने ।   

* बजेट सक्ने उद्देश्यका योजनामा राजनीतिक कार्यकर्ताको हालीमुहाली / जनप्रतिनिधिचाहिँ अनियमितताका साक्षी । 

* दुई सय अर्ब डलर बराबरको सामग्री आयातमा उच्च महशुल लगाउने अमेरिकी घोषणा / चीन र अमेरिकाबीचको व्यापार युद्धले विश्व अर्थब्यवस्था प्रभावित । 

* विश्वकप फूटवलको दोस्रो सेमिफाइनलमा आज इङल्यान्ड र क्रोएशिया भिड्दै / विजेताले फाइनलमा फ्रान्सको सामना गर्ने ।