हाजिर गरेर फर्कन्छन् शिक्षाका उपसचिव र अधिकृत

जेष्ठ ३१, २०७५

शिक्षा मन्त्रालयका ५३ जना उपसचिव र सात जना अधिकृतलाई न बस्ने ठाउँ छ न त गर्ने काम नै ।  जिल्ला शिक्षा अधिकारीको भूमिका निर्वाह गरिसकेका यी उपसचिवहरु काजमा शिक्षा विभागमा  सरुवा भएका छन् । उनीहरुको दिनचर्या विभागमा बिहान १० बजे पुग्नु र हाजिर गरेर फर्कनुमात्र भएको छ ।

यी हुन, सात जिल्लामा शिक्षा अधिकारी भर्इ काम गरिसकेका उपसचिव देवेन्द्रराज खनाल ।  २० दिन अघि मात्र यीनी ललितपुर जिल्ला शिक्षा कार्यालयबाट शिक्षा  विभागमा काज सरुवा भएका हुन । ३६ वर्ष शिक्षा सेवामा बिताएका खनाल अहिले कामबिहीन छन् । विभागमा उनलाइ बस्न तोकिएको ठाउँ छैन, न त कुनै जिम्मेवारी नै छ ।  उनको काम भनेकै हाजिर गर्ने र फर्कने मात्र हो । 

खनाल जस्तै अवस्थामा छन्, विभागमा काज सरुवा भइ आएका ५३ उपसचिव र ७ अधिकृत  । शिक्षा मन्त्रालयले कनिष्ठ उपसचिव र अधिकृतलार्इ जिल्ला प्रशासन शिक्षा इकार्इ प्रमुखको जिम्मेवारीमा  सरुवा र पदस्थापन गरेपछि यतिधेरै उपसचिव काम विहिन बनेका हुन् । 

२०७० सालमा शिक्षाका ३ सय कर्मचारीहरु  बढुवा भर्इ उपसचिव भएदेखिनै यो समस्या समाधान हुन सकेको छैन । त्यसमा पनि शिक्षा विभाग र जिल्लास्थित शिक्षा कार्यालयहरु खारेज भएपछि अब थप ३ सय भन्दा बढी उपसचिव कामविहीन हुँदैछन् ।

एकातिर कर्मचारी फालाफाल छन् भने अर्कोतिर प्रदेश र स्थानीय तहमा कर्मचारी नपुगेको गुनासो छ । प्रदेश र स्थानीय तहले कर्मचारी भर्ना गर्ने अधिकार मात्रै देखाउनुभन्दा केन्द्रमा जिम्मेवारिविहिन भएर बसिरहेकालाइ लैजाँदा उनीहरुको गुनासो स‌ंवोधन हुन्छ नै, राज्य कोष पनि अनावश्यक व्ययबाट जोगिन्छ ।