नेपालमा विश्वकप फिबर

जेष्ठ ३०, २०७५

विश्व फुटबलको महाकुम्भ मेला फिफा विश्वकप विहिबारबाट रूसमा सुरु हुँदैछ, जसको रौनक विश्वभर भइरहेका बेला नेपालमा पनि विश्वकप फिबरले धरैलाई छोइसकेको छ । आफुले समर्थन गरेको टिमको जर्सि भिर्ने होड जताततै देख्न सकिन्छ । 

जति जति विश्वकप नजिकिँदै छ, त्यती त्यती काठमाडौं लगायत अन्य सहरमा विश्वकपमा सहभागि टिमका जर्सिको ब्यापार बढ्दै छ । व्यापारीलाई भ्याइ नभ्याइ छ । फुटबल प्रेमीहरु पनि ब्यक्तिगत रुपमा मात्र होइन परिवारलाई नै जर्सि किन्न पुगेका भेटिन्छन् । यतिसम्म की कतिपय ठाउँमा त टिमका जर्सि किन्नेको मेलाजस्तै लागेको छ ।  

नेपालमा पनि फुटबल सर्वाधिक रुचाईएको खेलमा पर्छ । त्यसमा पनि विश्वकप जस्तो प्रतियोगितामा आफुले समर्थन गरेको टिमका जर्सि लगाएर खेल हेर्दाको आनन्द अर्कै हुने फुटबलप्रेमी बताउँछन् ।

बजारमा पाँच सय देखि सात हजार रूपियाँसम्म पर्ने जर्सि विक्रिमा छन । सामान्य पसलमा जर्सिको मुल्य एकथरी छ भने ब्रान्डेड जर्सि पाइने आधिकारिक पसलमा केहि महंगो छ । तर पनि नेपाली समर्थकले आफुले सकेजतीको दाममा फुटबल जर्सि किन्न भ्याएका छन् । 

यसबाटै स्पस्ट हुन्छ, टेलिभिजनमार्फत विश्वकपको मज्जा लिन यतिबेला फुटबलप्रेमी कति आतुर छन् ?