नेकपा एमाले र माओवादी केन्द्रबीच बैसाख ९ गते हुने भनिएको एकता अन्यौलमा

वैशाख २, २०७५

सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रबीच बैसाख ९ गते हुने भनिएको एकता अन्यौलमा छ । पार्टी एकता संयोजन समितिको बैठक बस्न नसक्दा थप अन्यौल देखिएको हो ।

प्रधानमन्त्री एव‌ं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यस्तता जनाउँदै  पटक पटक बैठक सारेपछि  विवादित बिषयमा सहमति जुट्न सकेको छैन । एमाले नेता सुरेन्द्र पाण्डेले आज बस्ने संयोजन समितिको बैठकमा सहमति जुटाइ निर्धारित मितिमै एकता हुने बताउनुभयो । 

दुई पार्टीबीच चुनाव चिन्ह के हुने, पार्टी विधानमा जनयुद्ध राख्ने कि नराख्ने र पदीय भागवण्डा कसरी मिलाउने भन्ने विवाद छ । सतहमा जे जस्ता विवाद देखिए पनि  नेताहरुको व्यवस्थापन नै एकता प्रकृयाका लागि पेचिलो मुद्धा रहेको छ । 

प्रधानमन्त्री ओली भारतवाट फर्किए यता, पटक पटक  मिति तोकिए पनि, कार्यव्यतस्ता देखाउदै नेताहरुले बैठक स्थगित गर्दै आएका छन् ।